पदक विजेता तेक्वान्दो खेलाडी पलेशालाई १० लाख पुरस्कार

काठमाडौँ । मोबाइल सेवा प्रदायक एनसेलले ओलम्पिक पदक विजेता नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल गोवर्धनलाई एनसेलले १० लाख रुपैयाँले पुरस्कृत गरेको हो ।

यसैगरी, अन्य सहभागी पारा खेलाडीहरू तथा प्रशिक्षकहरूलाई पनि थप १० लाख पुरस्कारसहित सम्मान गर्ने एनसेलले घोषणा गरेको छ । एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरूप यो सम्मानको घोषणा गरेको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव भएको बताए ।  पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले के–४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *