तिज तयारीः पशुपति क्षेत्रमा तीन दिनसम्म मासु र मदिरा निषेध

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तिजको बेला तीन दिनसम्म पशुपतिनाथ मन्दिर आसपास क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरेको छ ।

प्रशासन कार्यालयले बुधबार सूचना जारी गरी भदौ २० देखि २२ गतेसम्म मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको जानकारी दिएको हो ।

तिजलाई मर्यादित, व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न र पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्न पशुपति क्षेत्रको चार किल्लामा उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *