विराटनगर ढाटमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

विराटनगर । विराटनगरमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ रानीस्थित ढाटमा को २१  प ८९६२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

मोटरसाइकलमा सवार भारतको जोगबनी जाँदै गरेका विराटनगर–१ का २० वर्षीय सुशील कामतको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *