बालेन समर्थकको अभियानपछि ओलीका ६० हजार फलोअर्स घटे

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) का समर्थकहरूले सुरु गरेको प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा ‘अनफलो’ अभियानले चर्चा पाएको छ ।

सामाजिक सञ्जालमा विभिन्न विषयलाई लिएर बालेन र एमालेबीच घोचपेच र टिप्पणीको क्रम बढेपछि यस्तो अभियान चलाइएको हो । प्रधानमन्त्री ओलीको सामाजिक सञ्जाल फेसबुकमा ६ लाख ६२ हजार फलोअर्स थिए । अभियान सुरु भएपछि बुधबार बिहान फलोअर्स घटेर ६ लाख १ हजार पुगेको छ ।

बालेनको एमाले सांसद विरुद्धको एक पोस्ट सरकारले हटाइदिएको आरोप लगाउँदै उनका समर्थकले यस्तो अभियान चलाएका हुन् । आफ्नो पोस्ट फेसबुकबाट गायब भएपछि बालेनले लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *