इलामको फाल्गुनन्द विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने

इलाम । फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । वर्षा याममा प्रतिकूल मौसमका कारण तीन महिनादेखि उडान हुन सकेको थिएन ।

सुकिलुम्बा विमानस्थलका स्टेसन इन्चार्ज दिनेश सुन्दासका अनुसार जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो । त्यसयता उडान हुन सकेको छैन । जेठ १७ गते काठमाडौँबाट आएको जहाज प्रतिकूल मौसमका कारण अवतरण गर्न नसकेर फर्किएको थियो ।

अबदेखि प्रत्येक बिहीवार उडान हुने जनाइएको छ । नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि काठमाडौँ–इलाम–काठमाडौँ उडान भर्दै आएको थियो ।


प्रतिक्रिया

One thought on “इलामको फाल्गुनन्द विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *