बिदाको दिन अस्पतालमा ओपीडी सञ्चालन गर्ने निर्णय फिर्ता लिन माग

काठमाडौँ । सार्वजनिक बिदाको दिन पनि अस्पतालहरूमा बहिरङ्ग विभाग (ओपीडी) सञ्चालन गर्ने सरकारको निर्णय फिर्ता लिन चिकित्सक सङ्घले माग गरेको छ । मानवताको दृष्टिले पनि अव्यावहारिक र अवैज्ञानिक भएको भन्दै निर्णय फिर्ता लिन माग गरिएको हो ।

स्वास्थ्य क्षेत्रमा २०४८ सालयता दरबन्दी नथपिएको तथा स्वास्थ्यकर्मीको शारीरिक तथा मानसिक स्वास्थ्यको समेत बेवास्ता गर्दै सरकारले त्यस्तो निर्णय गरेको भन्दै सङ्घले विज्ञप्ति जारी गरी असन्तुष्टि जनाएको छ ।

सरकारले सार्वजनिक बिदाका दिन पनि बहिरङ्गसहित अस्पतालबाट प्रवाह गर्ने निर्णय ८ महिनाअघि नै गरेको थियो । कार्यान्वयन भएको थिएन । भदौ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै निर्णय कार्यान्वयन गर्न ताकेता गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *