एन्फा महिला लिगको उद्‌घाटन खेल कोशी र वालिङबीच

काठमाडौँ । एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगको उद्‌घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका खेल्दैछन् । यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा सुरु हुनेछ ।

आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार लिग दुई चरणमा हुनेछ । लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

विभागीय तीन टोली त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लब, ए, बी र सी डिभिजन क्लबबाट दुई टोली सङ्कटा र बाग्मती, नगरपालिकाका दुई टोली वालिङ र चन्द्रपुर नगरपालिका तथा छनोट चरणका उत्कृष्ट तीन टोली कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशले पहिलो चरणमा प्रतिस्पर्धा गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *