क्यानाडा सरकारको नयाँ नीतिले हजारौँ विदेशी विद्यार्थी प्रभावित

काठमाडौंँ । क्यानाडामा सङ्घीय अध्यागमन नीतिमा भएका परिवर्तनका कारण ७० हजार जनाभन्दा धेरै विदेशी विद्यार्थी प्रभावित हुने भएका छन् । उनीहरु आफ्नै देशमा फिर्ता हुनसक्ने जोखिम बढेको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शिक्षा अनुमतिलाई सीमित गर्ने र स्थायी बसोबास अर्थात् पीआर भर्ना घटाउने निर्णय गरेपछि विभिन्न देशबाट गएका विद्यार्थीहरू फर्काइन सक्ने जोखिम बढेको हो ।

सरकारको निर्णयको विरोधमा क्यानाडाका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् । देशभरका विद्यार्थीहरूले प्रिन्स एडवर्ड आइल्याण्ड, अन्टारियो, मनिटोबा, ब्रिटिश कोलम्बिया लगायतका प्रान्तमा र्‍यालीहरू आयोजना गरिरहेका छन् ।

युवा समर्थन नेटवर्क भनिने एक विद्यार्थी वकालत समूहका प्रतिनिधिहरूले स्नातक तह सकेका धेरै विद्यार्थीहरूले आफ्नो कार्य अनुमतिको म्याद सकिएपछि यस वर्षको अन्त्यमा बहिर्गमनको सामना गर्नुपर्ने बताउँदै आएका क्यानाडाका सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ प्रान्तीय नीतिहरूले स्थायी बसोबासको नामाङ्कनमा २५ प्रतिशत कटौती गरेको छ । इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप क्यानाडा (आईआरसीसी) का अनुसार यस वर्ष झण्डै ३ लाख ६० हजार विद्यार्थीले अनुमति पाउने अपेक्षा गरिएको छ जुन गएको वर्षको तुलनामा ३५ प्रतिशतले कम हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *