माओवादीद्वारा कोशी सरकारलाई दिएको समर्थन फिर्ता, अब प्रतिपक्ष

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको प्रदेश संसदीय दलको बैठकपछि माओवादीले नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता आज लिएको हो ।

माओवादी अब प्रतिपक्षमा बस्ने भएको छ । केन्द्रमा भएको राजनीतिक समीकरण फेरबदलपछि माओवादी कोशी प्रदेश सरकारबाट साउन ११ गते बाहिरिएको थियो । त्यति बेला समर्थनम भने कायमै रहने जनाएको थियो ।

माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादी केन्द्रले दल र सांसदको तर्फबाट समर्थन फिर्ता लिएको जानकारी दिए ।

एमाले प्रदेश संसदीय दलका नेता कार्की माओवादीकै समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका थिए ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयलमा दर्ता गरिसकेको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *