एकै महिनामा २ अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले २ अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २ अर्ब ९२ करोड ५३ लाख रुपैयाँको खाद्यान्न आयात भएको हो ।

नेपालबाट १५ लाख ९५ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको छ । सरकारले खाद्यान्नको कारोबारबाट २ अर्ब ९२ करोड ३७ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।

सरकारले खाद्यान्न आयात–निर्यातको कारोबारबाट २५ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागका अनुसार धान, मकै, गहुँ लगायत विभिन्न खाद्यान्न आयात गरिएको हो । यी खाद्यवस्तु भारत, चीन, मेक्सिको, जर्मनी लगायतका मुलुकबाट आयात गरिएको विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *