साउनमा ९४ करोड रुपैयाँको चिया र कफी निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट ९४ करोड रुपैयाँको चिया र कफी निर्यात भएको छ ।

भन्सार विभागका अनुसार साउन महिनामा ९४ करोड २१ लाख रुपैयाँको चिया तथा कफी निर्यात भएको हो ।

यसैगरी, सोही अवधिमा ७६ करोड ४१ लाख रुपैयाँको चिया र कफी आयात भएको छ । चिया र कफीबाट सरकारलाई १७ करोड ८० लाख रुपैयाँको व्यापार नाफा भएको जनाइएको छ ।

नेपालमा उत्पादित चिया मुख्य रुपमा भारत निर्यात हुने गरेको छ । त्यसबाहेक अमेरिका, जापान, चीन लगायत मुलुकमा चिया र कफी निर्यात हुँदै आएको छ ।

इलामबाट सुरु भएको चिया खेती विस्तार भइ पाँचथर, झापा, ताप्लेजुङ, धनकुटा भोजपुर, तेह्रथुम तथा पश्चिमका केही जिल्लाहरुसम्म पुगेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *