संखुवासभाको गढीडाँडा केन्द्र भएर भूकम्प

काठमाडौँ । संखुवासभामा आज दिउँसो भूकम्प गएको छ । संखुवासभाको गढीडाँडा बजार आसपास ३ः०७ बजे ३.९ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट कतै केही क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि, साउन २० गते ताप्लेजुङमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *