सिक्किम केन्द्रबिन्दु भएर भूकम्प, पूर्वी नेपालमा पनि धक्का महसुस

काठमाडौँ । भारतको सिक्किम केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान सिक्किमको सोरेङ  आसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

बिहान स्थानीय समयअनुसार ६ बजेर १२ मिनेट जाँदा गएको भूकम्पको गहिराइ १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सिक्किम, दार्जिलिङसहित पश्चिम बङ्गालका केही जिल्ला र पूर्वी नेपालका इलाम, झापा, मोरङ, धनकुटा, सुनसरी, तेह्रथुम, पाँचथरलगायतका जिल्लामा पनि महसुस गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *