काभा महिला फुटबल : नेपाल र भारतबीच आज फाइनल

काठमाडौँ । काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारतबीच फाइनल खेल हुँदैछ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अपराह्न ५ बजे सुरु हुने खेलमा दुवै टिम उपाधि हात पार्ने लक्ष्यसहित उत्रनेछन् ।

इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

हिजै भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको हो । लिग चरणमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।

लिगअन्तर्गत तेस्रो स्थानका लागि दिउँसो २ बजे इरान र श्रीलङ्काबीच खेल हुनेछ । पाँचवटा देश सहभागी प्रतियोगितामा माल्दिभ्स एक अङ्क पनि नजोडी लिगबाटै बाहिरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *