९६.३ प्रतिशत क्षेत्रफलमा सकियो रोपाइँ

काठमाडौँ । देशभर साढे १३ लाख हेक्टर भन्दा बढी क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो कुल रोपाइँ हुने क्षेत्रफलको ९६.३ प्रतिशत हो ।

देशभर गरी करिब १४ लाख १ हजार २ सय हेक्टरमा धान रोपाइँ हुन्छ । साउन २० गतेसम्म १३ लाख ४९ हजार ६ सय हेक्टरमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

समयमै पर्याप्त वर्षा भएकाले गत वर्षको तुलनामा यो वर्ष रोपाइँको अवस्था राम्रो रहेको मन्त्रालयको भनाइ छ । अबको एक सातामा बाँकी क्षेत्रफलमा पनि रोपाइँ सकिने जनाइएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको थियो । यो वर्ष उत्पादन थप बढ्ने सङ्केत देखिएको छ ।

मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा भने शतप्रतिशत रोपाइँ भइसकेको छ । २०८० असार १९ सम्म ९९.२ प्रतिशत रोपाइँ भएको थियो । सुदूरपश्चिममा १ लाख ७४ हजार ५ सय ७६ हेक्टरमा धान रोपाइँ हुन्छ ।

कर्णाली प्रदेशमा ९९.२ प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४१ हजार ९ सय ४ हेक्टरमा रोपाइँ हुन्छ । यस्तै, मधेश प्रदेशमा ९५.४ प्रतिशत रोपाइँ भएको छ ।  अन्य प्रदेशमा पनि ९५ प्रतिशत बढी रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *