बङ्गलादेशका राष्ट्रपतिद्वारा संसद् विघटन

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति महोमम्द शाहबुद्दिनले संसद विघटन गरेका छन् । गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् राष्ट्रपति शाहबुद्दिनले विघटन गरेका हुन् ।

‘बङ्गलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२ औं संसद् विघटन गरिएको छ’ उनले भनेका छन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खालिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरिएको छ । सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा बङ्गलादेशमा जुलाई पहिलो सातादेखि विद्यार्थी आन्दोलन सुरु भएको थियो । 

आन्दोलनकै बीच अदालतको आरक्षणको कोटा भारी कटौती गरेको छ । आन्दोलनकै कारण सोमबार प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेको थियो । उनले सोमबारै बङ्गलादेश छोडेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *