पूर्वमन्त्री जोशी भ्रष्टाचारी ठहर, ६९ लाख जरिवाना, ९ महिना कैद

काठमाडौँ। सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। दोषी ठहर गरेसँगै उनलाई ६९ लाख १५ हजार जरिवाना तोकिएको छ । जोशीलाई ९ महिना कैद सजाय पनि तोकिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सकिएपछि आज फैसला सुनाउने दिन तोकिएको थियो। मुद्दामा ४८औं पेसीपछि फैसला भएको हो।

जोशीले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति कमाइ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले यसअघि दोषी ठहर गरेको थियो। सर्वाेच्चले पनि विशेष अदालतको फैसलालाई निरन्तरता दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *