जहाज दुर्घटनाका १८ जनाकै शव शिक्षण अस्पतालमा

काठमाडौँ । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा ज्यान गुमाएका १८ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएको छ । शव पुर्याएपछि अस्पतालमा दुर्घटनामा परेका परिवारजनको भीड लागेको छ ।

प्रहरीका अनुसार दुईवटा शव पहिचान गर्न सकिने अवस्थामा छन् । अन्य जलेर चिन्न नसकिने अवस्थामा छ । जहाजमा सवार एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज श्रेष्ठ, आश्विन निरौला, सुदीपलाल जोशी, सर्भेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडाको मृत्यु भएको छ ।

जहाजका क्याप्टेन मनिष शाक्यको भने केएमसी अस्पताल सिनामङ्गलमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *