बाढीले घर बगाउँदा रुकुममा ३ बालिकाको मृत्यु

काठमाडौँ । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीनजना बालिकाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–१२ का तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले घरसहित उनीहरुलाई बगाएको थियो ।

बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् । ६ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी बखत शाहीका अनुसार मृत्यु हुनेमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की छन् ।

उक्त घटनामा डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् । उनको खोजी भइरहेको छ । घाइते हुनेमा १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीय धनमाया पुन र ६५ वर्षीया कल्पना कामी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *