पशुपतिनाथ परिसरमा आजदेखि एक महिने कोटीहोम महायज्ञ

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आजदेखि बृहत् कोटीहोम महायज्ञ सुरु हुने भएको छ । मानव सेवा फाउण्डेशनलगायत एक दर्जन संस्थाको आयोजनामा हुने कोटीहोम महायज्ञ एक महिनासम्म सञ्चालन हुने जनाइएको छ ।

महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजक समितिका खेमराज रेग्मीले जानकारी दिए ।

महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभालगायतले कथावाचन गर्ने आयोजकले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *