बससहित त्रिशूलीमा खसेकामध्ये १२ जनाको शव भेटियो

काठमाडौं । पहिरोले बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका यात्रुमध्ये १२ जनाको शव फेला परेको छ । पछिल्लो पटक नवलपरासी पूर्व र पश्चिममा ३ जनाको शव भेटिएको हो ।

पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदी किनारमा एउटा र पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक नहरमा दुई जनाको शव भेटिएको बामगती प्रदेशका डीआईजी विष्णु केसीले जनाएका छन् ।

यसअघि आइतबार साँझ नवलपरासी पूर्वको विनयीत्रिवेणी गाउँपालिका–७ गण्डक नहरमा भेटिएका दुईवटा शव भेटिएको थियो । ती शव भरतपुर महानगरपालिका–२२ स्थित पदमपोखरीका २३ वर्षीय सुदिप विक र रौतहट जमुनामाई–४ का १७ वर्षका राहुम मियाँ छन् ।

हालसम्म चितवन, नवलपरासी पूर्व र पश्चिमबाट १२ जनाको शव संकलन गरिएको छ । तीमध्ये ७ जनाको सनाखत भएको र अरुको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

गत शुक्रबार पहिरोले दुईवटा बसलाई बगाएर त्रिशूली नदीमा खसाएको थियो । दुवै बसमा गरी ६५ जना सवार रहेको अनुमान गरिएको छ । तीमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *