पहिरोसँगै दुईवटा बस त्रिशूली नदीमा खसे

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ । यात्रुसहितको बस बगेर त्रिशूलीमा खसेको जनाइएको छ । दुवै बसमा गरी ६५ जना यात्रु र बसका कर्मचारी रहेको अनुमान गरिएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे ३ बजे पहिरोसहित दुईवटा बस त्रिशूलीमा खसेका हुन् । काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् ।

गौर जाने बसमा ४१ जना र काठमाडौँ जाने बसमा २४ जना रहेको प्रारम्भिक अनुमान गरिएको छ । प्रजिअ यादवले घटनास्थलमा उद्धारको काम थालिएको जानकारी दिएका छन् । बसका यात्रुको अवस्था यकिन भएको छैन । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *