कास्कीमा पहिरोले पुरिएर ९ जनाको मृत्यु, २ बेपत्ता

पोखरा । पहिरोमा पुरिएर कास्कीमा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका ७ जना छन् । पहिरोमा परी दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–१२ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो । बिहीबार राति खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रसना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र राधिका परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार छोरीज्वाइँसहित सबै परिवार घरमा बसिरहेका बेला खसेको पहिरोले उनीहरुलाई पुरेको थियो ।

यस्तै, पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता भएकी छन् ।

यसैगरी, मादी गाउँपालिका–११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ बेपत्ता भएकी छन् । बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *