कोशी नदीमा पानीको बहाव उच्च, सतर्कता अपनाउन आग्रह

सुनसरी । सप्तकोशी नदीमा आज यो वर्षकै सबैभन्दा उच्च पानीको बहाव मापन गरिएको छ । आज साँझ कोशी ब्यारेजमा गरिएको मापनअनुसार ब्यारेज भएर ३ लाख २२ हजार ५० क्युबेक पानीको बहाव देखिएको छ ।

यसअघि अपरा्हन गरिएको मापनमा २ लाख ७२ हजार ४८५ क्युसेक पानीको बहाव थियो । बिहानैदेखि पानीको बहाव निरन्तर बढ्ने क्रममा रहेका कोशी ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।

बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३४ वटा ढोका खोलेर पानीलाई निकास दिइएको छ । आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक मापन गरिएको थियो । कोशीमा पानीको सतह बढेसँगै तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन भनिएको छ । सुनसरी जिल्ला प्रशासनले कोशीमा डुंगा चलाउन र माछा मार्न केही दिन अघिदेखि नै रोक लगाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *