संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुने जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिन प्रक्रिया पूरा गरेपनि संविधानको उक्त धाराअनुसार नै नयाँ सरकार बन्ने कांग्रेसले जनाएको हो ।

संसद् भवनमा आज बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानको धारा ७६ (२) बमोजिम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार गठन हुने दाबी गरे ।

बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको उनले जानकारी दिए । राजनीतिक रुपमा कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वाभाविक रुपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाईभन्दा बढी मत जुटेको लेखकले बताए ।

नयाँ बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुने र पहिलो चरणमा एमाले अध्यक्ष ओली र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति कार्यान्वयन हुने पार्टीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *