धार्मिक कार्यक्रममा भागदौड हुँदा भारतमा ११६ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेश हाथरसमा आयोजना भएको एक धार्मिक कार्यक्रममा भागदौड हुँदा एक सय १६ जनाले ज्यान गुमाएका छन् । हिन्दूको सत्सङ्ग कार्यक्रममा भएको घटनामा अरू धेरै मानिस घाइते भएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार कार्यक्रमका कथावाचक भोले बाबा भनिने गुरुको प्रवचन सुन्न हजारौंको सङ्ख्यामा जम्मा भएको भिडमा भागदौड भएको थियो ।

यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानबिन गर्न आदेश दिएका छन् । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले हाथरस घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका थिए । उत्तर प्रदेश सरकारले पनि मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *