रोल्पामा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । रोल्पाको माडी गाउँपालिका–३ मा यात्रुबाहक गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । लु १ ज ३२५२ नम्बरको गाडी दुर्घटना हुँदा एकजना बच्चासहित ६ जनाको मृत्यु भएको हो ।

सोमबार अपराह्न माडी गाउँपालिका–३ परेवा छहरा नजिकै सडकबाट गाडी करिब ४ सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार माडी–२ घर्तीगाउँ बजारबाट तालावाङ जाँदै गरेको गाडी दुर्घटना भएको हो ।

दुर्घटनास्थलमै ५ जनाको मृत्यु भएको जनाइएको छ । उपचारका क्रममा एकजनाको समृति अस्पतालमा गएको हो । घाइते ५ जनालाई रेउघा अस्पताल पठाइएको माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीले जनाएका छन् ।

प्रहरीका अनुसार मृतकको सनाखत भइसकेको छैन । दुर्घटनाको कारण खुलेको छैन । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *