आईसीसी टी-२० विश्वकपः भारत र दक्षिण अफ्रिकाको फाइनल भिडन्त आज

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधिका लागि आज राति भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदैछ । क्यारेबियन राष्ट्र बार्बाडसको राजधानी सहर ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा नेपाली समयअनुसार खेल राति ८ः१५ बजे सुरु हुनेछ ।

वर्षाका कारण आजको खेल रद्द भएको अवस्थामा भोलिका लागि सारिनेछ । आइतबार पनि वर्षा भएर खेल हुन नसके दुवै टोलीलाई संयुक्त रुपमा विजेता घोषित गरिने जनाइएको छ ।

भारत १० वर्षपछि टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो । भारत यसअघि सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला भारतीय टोलीलाई फाइनलमा श्रीलंकाले ६ विकेटले पराजित गरेको थियो ।

पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको दक्षिण अफ्रिका भने पहिलो पटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो । दक्षिण अफ्रिका यसअघि दुईपटक सेमिफाइनलमा पुगेर पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिकाभन्दा भारत अगाडि देखिन्छ । पछिल्लो वरीयतामा भारत पहिलो स्थानमा छ । उक्त वरीयतामा दक्षिण अफ्रिका भने पाँचौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *