पहिरोले घर पुरिँदा गुल्मी र स्याङ्जामा ६ जनाको मृत्यु, एकजना बेपत्ता

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले पुरिएर गुल्मी र स्याङ्जामा ६ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । सुतिरहेका बेला गएराति झरेको पहिरोमा घरसँगै पुरिएर उनीहरुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गुल्मीको मालिका गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको हो । एकजना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, २६ वर्षीया बुहारी सीता विक, नातिनीहरू ७ वर्षकी सपना विक र ८ महिनाकी विपना विकको मृत्यु भएको हो ।

यसैगरी, स्याङ्जाको फेदीखोला गाउँपालिका–५ मा पहिरोले घर पुर्दा आमाछोरीको मृत्यु भएको छ । सुतिरहेको अवस्थामा पुरिँदा स्थानीय ३१ बर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *