गुल्मीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु दुईजना घाइते

गुल्मी । गुल्मीमा बिहिवार बेलुका भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

दुर्घटनामा परेर ट्याक्टरमा सवार मालिका गाउँपालिका–२ दर्लिङ् बस्ने टिकाराम विकका छोरा अन्दाजी ६ वर्षको शिव विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए ।

छल्दीबाट तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर गुल्मी रेसुङ्गा नगरपालिका–४ रायढुङ्गा स्थित तम्घास–सिमलटारी पक्की सडक खण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्याक्टर चालक धुर्कोट गाउँपालिका–५ का २६ वर्षका दिपक गोतामे गम्भीर घाइते भएका छन् । यस्तै, उपल्लो तम्घासका १९ वर्षका राजकुमार विक पनि घाइते भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *