इनार सफा गर्ने क्रममा निसास्सिएर दुईजनाको मृत्यु

सुर्खेत । इनार सफा गर्ने क्रममा सुर्खेतको वीरेन्द्रनगरमा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा इनार सफा गर्न खटिएका दुई जनाको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर–११ का ३२ वर्षीय विद्याप्रसाद रेग्मी र ३१ वर्षीया लक्ष्मी कँडेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

स्थानीय तोरण विकको इनार सफा गर्ने क्रममा अक्सिजनको अभाव हुँदा बेहोस भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *