पश्चिम सर्दै मनसुनी प्रणाली, तापक्रम घट्ने

काठमाडौँ । केही दिनअघि नेपाल भित्रिएको मनसुन सक्रिय हुने क्रममा छ । पूर्वी भागमा सक्रिय रहेको मनसुनी प्रणाली विस्तारै पश्चिमतर्फ सर्दै आएको छ ।

सक्रिय मनसुनी प्रणालीका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भइ कतिपय स्थानमा चट्याङसहित वर्षा हुन थालेको छ । केही दिनयता काठमाडौंलगायत स्थानमा बढेको तापक्रम पानी पर्ने क्रमसँगै घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *