दक्षिण अफ्रिकासँगको प्रतिस्पर्धात्मक खेलमा नेपाल एक रनले पराजित

काठमाडौं । आइसिसी टि-२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा नेपाल १ रनले पराजित भएको छ। शुक्रबार साँझ भएको यो हारसँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना पनि समाप्त भएको छ।

पहिला फिल्डिङ रोजेको नेपालले टेष्ट खेल्ने राष्ट्र दक्षिण अफ्रिकालाई २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रनमा रोकेको थियो। नेपालले पुरै २० ओभर खेलेर ११४ रन मात्रै बनाउन सफल भयो।

सुपर एटमा पुगिसकेको दक्षिण अफ्रिकाले समूह ‘डी’ मा चार खेलबाट आठ अंक जोड्यो। नेपालले तीन खेलबाट एक अंक जोड्यो। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि नेपालले एक अंक हात पारेको थियो।

दक्षिण अफ्रिकासँग पराजित भएसँगै यस समूहबाट बंगलादेश र नेदरल्यान्ड्सबीच सुपर एटमा पुग्न भिडन्त हुने छ। नेपालसँग अन्तिम खेल खेल्न बाँकी बंगलादेशको तीन खेलबाट चार अंक जोडेको छ।

श्रीलंकासँग अन्तिम खेल खेल्ने नेदरल्यान्ड्सको समान खेलबाट दुई अंक रहेको छ। नेपालसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *