गोली प्रहार गरी बाराको रामराजा क्याम्पसका प्रमुखको हत्या

बारा । बाराको आदर्श कोतवाल नगरपालिका–३ मा अज्ञात समूहले गोली प्रहार गरी शुक्रबार क्याम्पस प्रमुखको हत्या गरेको छ । गोली प्रहार गरी रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरि भूषण कुशवाहाको हत्या भएको हो ।

गोली लागेर घाइते भएका कुशवाहाको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएस्पी दधिराम न्यौपानेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *