आइसीसी टी-२० विश्वकप शनिवार दक्षिण अफ्रिकासँग भिड्दै नेपाल

काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटमा शनिवार बिहान सवा ५ बजे नेपाल र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । समूह ‘डी’ को यो खेल वेस्ट इन्डिजको किङ्ग्सटाउनमा हुँदैछ । दक्षिण अफ्रिका ३ खेलमा ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदै सुपर–८ मा पुगिसकेको छ । नेपाल २ खेलमा १ अंकसहित चौथो स्थानमा छ । सुपर–८ मा पुग्ने सम्भावना कायमै राख्न नेपाललाई शनिवारको खेल जित्नैपर्ने दबाब छ ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले ८ बल बाँकी छँदा ४ विकेट गुमाएर भेटाएको थियो । यस्तै श्रीलंकाँगको दोस्रो खेल वर्षाले रद्द भएपछि अंक बाँडिएको थियो ।

दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ४ विकेट र तेस्रो खेलमा बंगलादेशलाई ४ रनले हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *