काठमाडौं उपत्यकामा शनिवारदेखि मनसुन सक्रिय हुने

काठमाडौं । काठमाडौं उपत्यकालगायत बाग्मती प्रदेशका केही ठाउँमा शनिवारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेशमा मनसुन सक्रिय छ । कोशीका विभिन्न जिल्लामा वर्षा भइरहेको छ ।

देशका अन्य भूभागमा भने मनसुन सक्रिय हुन अलि ढिला भएको महाशाखाले जनाएको छ । बिस्तारै पूर्वबाट देशको पश्चिमी क्षेत्रमा मनसुन सर्दै आउने जनाइएको छ ।

शुक्रबार कोशी प्रदेशको केही ठाउँ तथा बाग्मती प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *