बलियो कोस्टारिकामाथि सर्बियाको शानदार जित, ग्रुप ‘इ’ रोमाञ्चक हुँदै

काठमाडौं, ३ असार । विश्वकप २०१८ अन्तर्गत आइतबार भएको पहिलो खेलमा युरोपियन राष्ट्र सर्बियाले मध्य अमेरिकी राष्ट्र कोस्टा रिकालाई १–० गोल अन्तरले हराउँदै ग्रुप ‘इ’ को समिकरण रोमाञ्चक बनाएको छ । 

ब्राजील र स्वीट्जरल्याण्ड सम्मीलित यो समुहमा सबै टोलीको अर्को चरणमा पुग्ने सम्भावना बराबर भएपनि सर्बियाको यो जितले समिकरणमा उतारचढाव आउने पक्का भएको हो ।

रसियाको समारा शहरमा भएको यो खेलको पहिलो हाफ दुबै टोलीले गोल गर्न सकेका थिएनन् । खेलको १२ औं मिनेटमा जियानकार्लो गोन्जालेजले नजिकैबाट हानेको हेडिङ सर्बियाको गोल पोष्टको बार माथिबाट गइ गोल हुनसकेन । 

त्यस्तै सर्बियाका स्ट्राइकर अलेकजान्डर मित्रोभिकले राम्रा प्रयासहरु गरेपनि कोस्टा रिकाका गोलकिपर केलोर नभासलाई गोल रोक्नको लागि खासै मेहनत गर्नु परेन । डिफेन्डरहरुले नै बललाई डि–बक्स पार गर्ने मौका नै दिएनन् ।

खेलको दोश्रो हाफमा आक्रामक देखिएको सर्बियाले खेलको ५६ औं मिनेट गोल गर्दै अग्रता लिएको थियो । सर्बियाका कप्तान अलेकजान्डर कोलारोभले प्रहार गरेको अद्भुद फ्रि किकले गोल पोष्टको अवरोध पार गरेपछि सोही गोलले सर्बियालाई महत्वपूर्ण ३ अंक दिलायो ।

१ गोलले पछि परेको कोस्टा रिका बराबरी गोल गर्न गरेको प्रयासहरु विफल भएको थियो । त्यस्तैगरी सर्बियाले खेलको अन्त्यतिर गोल अन्तर बढाउन पाएको मौका परिवर्तित खेलाडि फिलिप कोस्टीक र मित्रोभिकले गुमाएपछि १ गोलको विजयमै चित्त बुझाउन बाध्य भयो । 

यो खेलपछि सर्बियाको अर्को चरणमा पुग्ने सम्भावना बढेको छ भने कोस्टा रिकाको लागि अबका खेलमा बलिया प्रतिस्पर्धी विरुद्ध दबाबमा खेल्नु पर्ने बाध्यता बढेको छ । आजै हुने ब्राजील र स्वीट्जरल्याण्ड बिचको खेलले पनि यो समुहको आगामी समिकरण निर्धारण गर्नेछ । 


 

एमबाप्पे उत्कृष्ट युवा खेलाडि, यस्ता छन् गोल्डेन बुट, ग्लोब र बलका विजेता

काठमाडौं, ३१ असार । विश्वकप २०१८ मा सर्वाधिक गोलकर्ताको रुपमा इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले यस प्रतियोगितामा ६ गोल गरेका

फाइनलमा क्रोयसियालाई हराउँदै फ्रान्सले जित्यो उपाधि

काठमाडौं, ३१ असार  । विश्वकप २०१८ को फाइनल खेलमा क्रोयसियालाई ४–२ गोल अन्तरले हराउँदै पूर्व विश्व विजेता फ्रान्सले २० वर्षपछि पुनः विश्वकपको

 विश्वकप फुटबल फाइनल : केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दै

काठमाडौँ, ३१ असार । रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् ।  रुसको सेन्ट मस्कोस्थित