विश्वकप २०१८ : ‘जायन्ट किलर’ स्वीट्जरल्याण्डसँग शतर्क छ महारथी ब्राजील


काठमाडौं, ३ असार । । विश्वकप २०१८ अन्तर्गत आइतबारको तेश्रो खेलमा ग्रुप ई मा रहेका फुटबल खेलको महारथी ब्राजील र जायन्ट किलरको उपनाम पाएको स्वीट्जरल्याण्ड पहिलो खेलमा सम्भावित उत्कृष्ट नतिजाको आशा सहित मैदानमा उत्रदैछन् । नेपाली समय अनुसार मध्यराती ११ः४५ मा सुरु हुने यो खेल रसियाको रोस्तोव–न—दन शहरमा आयोजना हुँदैछ ।

५ पटक विश्वकप जितिसकेको ब्राजीलले सन् २०१४ को आफ्नै देशमा आयोजित विश्वकपमा भोगेको पिडादायी हार भुलि यो विश्वकपको लागि नयाँ सुरुवात गर्दैछ । रसियामा आयोजित यस विश्वकप पुग्ने पहिलो दक्षिण अमेरिकी टिम ब्राजीलको साथमा अघिल्लो विश्वकपको अनुभवी विश्वकै उत्कृष्ट खेलाडि नेमार सहित ६ जना खेलाडि छन् ।

फुटबलको उर्बर भुमि ब्राजील स्वीट्जरल्याण्डको क्षमतासँग परिचित भएकोले पनि पहिलो खेलमै पूर्ण क्षमतामा खेल्ने सोच बनाएको छ । नेमार, ग्याब्रियल जेसस, फिलिप कोटिन्हो र विलियम जस्तो खेलाडिले ब्राजीललाई क्षमता, सिप, रचनात्मक गुण तथा फिनिसिङको अभाव नहुने पक्का छ । सन् १९३४ देखि विश्वकपको पहिलो खेलमा नहारेको ब्राजील सो इतिहासलाई अझ लम्ब्याउने धुनमा छ ।

अकोतर्फ सन् २०१० को विश्वकप विजेता स्पेनलाई समुह चरणमा हराउने स्वीट्जरल्याण्ड ठुला टोली हराउन सक्षम छ । सन् २०१६ यता स्वीस टोलीले १ खेल मात्र हारेको छ । विश्वकप छनौटमा प्लेअफ मार्फत् स्थान बनाएपनि यूरोपियन फुटबलमा जमेको यो टोलीले ठुलो टोलीसँग खेल्ने रणनिती आफुसँग भएको बताएको छ ।

विश्वकपअघिको अभ्यास खेलमा स्पेनसँग १–१ को बराबरी खेलेको स्वीस टोलीले जापानलाई २–० ले हराइ आफ्नो क्षमता देखाइसकेको छ ।

स्वीट्जरल्याण्डको कोच भ्लादिमिर पेत्कोभिकले बनाएको योजना अनुसार खेलाडिले खेलेमा स्वीस टोलीले सोचेको नतिजा नआउला भन्न सकिंदैन । २०१४ को विश्वकपको नकआउट चरणमा अर्जेन्टिनासँग खेलमा झिनो अन्तरको पराजय भोगेपनि प्रतिस्पर्धात्मक खेलले विपक्षीलाई दबाबमा राखेको अनुभव आजको खेलमा स्वीस टोलीलाई काम लाग्नेछ ।

सम्भावित सुरुवाती ११

ब्राजील

एलिस्सन, डानिलो, थियगो सिल्भा, मिरान्डा, मार्सेलो, कासेमिरो, पाउलिन्हो, फिलिप कोटिन्हो, विलियम, ग्याब्रियल जेसस, नेमार ।

स्वीट्जरल्याण्ड

सोमर, लिचस्टाइनर, स्केयर, अकान्जी, रोद्रिगेज, बेहरामी, शाका, शकिरी, जेमैली, जुबेर, सेफेरोभिक ।

(एजेन्सीको सहयोगमा)

 

एमबाप्पे उत्कृष्ट युवा खेलाडि, यस्ता छन् गोल्डेन बुट, ग्लोब र बलका विजेता

काठमाडौं, ३१ असार । विश्वकप २०१८ मा सर्वाधिक गोलकर्ताको रुपमा इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले यस प्रतियोगितामा ६ गोल गरेका

फाइनलमा क्रोयसियालाई हराउँदै फ्रान्सले जित्यो उपाधि

काठमाडौं, ३१ असार  । विश्वकप २०१८ को फाइनल खेलमा क्रोयसियालाई ४–२ गोल अन्तरले हराउँदै पूर्व विश्व विजेता फ्रान्सले २० वर्षपछि पुनः विश्वकपको

 विश्वकप फुटबल फाइनल : केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दै

काठमाडौँ, ३१ असार । रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् ।  रुसको सेन्ट मस्कोस्थित