जर्मनी भर्सेस मेक्सिको : बहु प्रतिक्षित रोमाञ्चक खेल


काठमाडौं, ३ असार । विश्वकप २०१८ अन्तर्गत आइतबारको दोश्रो खेलमा ग्रुप एफमा रहेका डिफेन्डीङ च्याम्पीयन जर्मनी र डार्क हर्स मेक्सिको आफ्नो पहिलो खेलमा होमिइदै छन् । नेपाली समय अनुसार बेलुका ८ः४५ मा सुरु हुने यो खेल रसियाको राजधानी मस्कोमा आयोजना हुँदैछ ।

सन् २०१४ मा विश्वकप ट्रफी जितेको जर्मनको उक्त टोली र हालको टोलीमा ठुलो भिन्नता छ । सिनियर खेलाडिहरु रिटायर्ड भए भने उक्त विश्वकपको फाइनलमा भएको १ मात्र गोल गर्ने मारियो गोट्ज जस्ता युवा खेलाडिले यो टोलीमा स्थान बनाउन सकेनन् । तथापी जर्मनी टोलीमा कोच योआखिम लु र जर्मनी टोलीको सफलता चाहिं परिवर्तन भएको छैन ।

विश्व वरियतामा नम्बर १ मा रहेको जर्मनीले विश्वकप छनौट खेलमा १० खेलमा १० जित निकाल्ने क्रममा ४३ गोल गरि ४ गोल मात्र खाएको छ । विश्वकपमा पाएको लयलाई थप सफलतामा परिवर्तन गर्दै अघिल्लो वर्ष फिफा कन्फेडेरेसन्स कप पनि जितेको जर्मनीका लागि सबैभन्दा सफल कोच योआखिम लु सन् २०२० सम्म जर्मनीलाई प्रशिक्षण दिन तयार भइ करार पनि गरिसकेका छन् । विश्वकै उत्कृष्ट गोलकिपर मानुयल नुयेरले सुसज्जीत जर्मनीलाई आक्रामक खेलाडिको पनि कमि छैन ।

जर्मनीले कन्फेडेरेसन्स कपको सेमिफाइनलमा मेक्सिकोलाई ४–१ को गोलअन्तरले पराजित गरेकोले पनि जर्मनी यो खेलको सम्भावित विजेता हो । जर्मनी प्रशिक्षकका अनुसार मेक्सिको विरुद्ध युलियन ड्राक्सलर र मेसुट ओजिलले जर्मनीको अग्रपंक्ती सम्हाल्नेछन् । यो खेलमा कडा प्रतिस्पर्धा हुने कुराले शतर्क जर्मनीले सन् २०१४ विश्वकपको पहिलो खेलमा पोर्चुगललाई ४–० ले हराइ राम्रो सुरुवात गरेको इतिहासलाई दोहोर्याने धुनमा छ ।

अर्कोतर्फ विश्वकप छनौटको १६ खेलमा १ मा मात्र हारेको मेक्सिको सन् १९९४ देखि हाल सम्म हरेक विश्वकपको समुह चरण पार गर्न सफल भएको छ । सन् २०२६ को ३ मध्येको १ आयोजक मेक्सिको विश्व फुटबलमा जस्तोसुकै टोली विरुद्ध राम्रो खेल्न सक्ने क्षमता भएको टोली हो ।

मेक्सिको यो खेलमा ‘अन्डरडग’ टिम भएको यथार्थ उनिहरुले स्वीकारेका छन् । तर यस खेलमा राम्रो प्रदर्शन गर्न सकेमा मेक्सिकोले विश्व फुटबललाई झसङ्ग बनाउन सक्छन् । जितले तहल्कै मच्चाउन सक्ने भएपनि बराबर मात्र पार्न सकेपनि मेक्सिकोको ठुलो सफलता हुनेछ ।

कन्फेडेरेसन्स कपको सेमिफाइनलमा ४–१ पराजय भोगेपनि खेलाडिहरुले जर्मनीसँग आफुहरु नडराएको बताएका छन् । मेक्सिको यो भनाइ प्रदर्शनमा पनि देखिन्छ कि देखिंदैन त्यसको लागि खेल हुने समय सम्म पर्खनु पर्ने हुन्छ ।

सम्भावित सुरुवाती ११

जर्मनी

मानुयल नुयेर, जासुआ किमिच, जेरोम बोआतेङ, म्याट्स ह्युमेल्स, योनास हेक्टर , सामी खेदिरा, टोनी क्रुस, थोमस मुलर, मेसट ओजिल, युलियन ड्रयाक्सलर, टिमो वेर्नर ।

मेक्सिको

गिलेर्मो ओचोआ, कार्लोस साल्सेडो, ह्युगो आयला, हेक्टर मोरेनो, मिगुयल लायुन, हेक्टर हेर्रेरा, आन्द्रेस गुआर्डाडो, कार्लोस भेला, जेसस कोरोना, जेभियर हर्नान्डेज, हिर्भिङ लोजानो ।

(एजेन्सीको सहयोगमा)

 

 

एमबाप्पे उत्कृष्ट युवा खेलाडि, यस्ता छन् गोल्डेन बुट, ग्लोब र बलका विजेता

काठमाडौं, ३१ असार । विश्वकप २०१८ मा सर्वाधिक गोलकर्ताको रुपमा इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले यस प्रतियोगितामा ६ गोल गरेका

फाइनलमा क्रोयसियालाई हराउँदै फ्रान्सले जित्यो उपाधि

काठमाडौं, ३१ असार  । विश्वकप २०१८ को फाइनल खेलमा क्रोयसियालाई ४–२ गोल अन्तरले हराउँदै पूर्व विश्व विजेता फ्रान्सले २० वर्षपछि पुनः विश्वकपको

 विश्वकप फुटबल फाइनल : केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दै

काठमाडौँ, ३१ असार । रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् ।  रुसको सेन्ट मस्कोस्थित