मेसी पेनाल्टीमा गोल गर्न चुक्काले अर्जेन्टिनाले खेल जित्न चुक्यो



काठमाडौं, २ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार भएको दोश्रो खेलमा बढि अपेक्षा गरिएको खेलाडि लियोनल मेसीबाट गोल नहुनु मात्र होइन पेनाल्टीकै अवसरमा पनि गोल गर्न नसक्नाले पहिलो पटक विश्वकप खेल्दै गरेको आइसल्याण्डसँग बराबरी खेल्दै अंक बाढ्न बाध्य भयो ।

हिजोको खेलमा क्रिष्टीयानो रोनाल्डोले स्पेन विरुद्ध ह्याट्रिक गरेपछि मेसीलाई पनि उत्कृष्ट खेल्न दबाब परेको थियो । तर फितलो प्रदर्शन गरेका मेसीले अर्जेन्टिनालाई समुहकै कमजोर टोली विरुद्ध विजय दिलाउन सकेनन् ।

यसअघि खेलको १९ औं मिनेटमा अर्जेन्टिनाका सर्जियो अगुइरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएपनि ४ मिनेट पछि अर्थात् खेलको २३ औं मिनेटमा आइसल्याण्डका अल्फ्रेड फिनबोगासनले गोल फर्काउदैं स्कोर बराबरी बनाएका थिए ।

दुबै टोलीले लगातार गोलगर्ने प्रयास गरेपनि सकिरहेका थिएनन् । ७८ प्रतिशत बल पोसेसन भए पनि अर्जेन्टिनाले आइसल्याण्डलाई गोल प्रहार गर्न नसक्दा समग्रमा राम्रो खेलेपनि आगामी दिनमा अर्जेन्टिनालाई यो बराबरी भारी पर्ने पक्का छ ।

डियगो म्यारोडोना पनि मैदानमा उपस्थित भइ हेरेको खेलमा अर्जेन्टिनाले मुख्य रुपमा मेसीले खेलको ६४ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा सम्भावित जितबाट विमुख हुनु परेको हो । गोल रोक्ने हानस हल्डर्सनको प्रयास पनि तारिफ योग्य छ  ।

उक्त पेनाल्टी मिस भएपछि दुबै पक्षले लगातार गोल गर्ने प्रयास गरेपनि कुनै गोल हुन नसकि खेल १–१ को बराबरी मै सकियो ।

यो बराबरीले अर्जेन्टिनालाई ठुलो चोट परेका छ भने आइसल्याण्ड दंग छ । कठिन समुह भएकोले पनि यस समुहमा बराबरीले गर्दा अर्जेन्टिनालाई अर्को चरण पुग्न बाँकि खेलमा दबाब सहित खेल्नु पर्नेछ ।

 

एमबाप्पे उत्कृष्ट युवा खेलाडि, यस्ता छन् गोल्डेन बुट, ग्लोब र बलका विजेता

काठमाडौं, ३१ असार । विश्वकप २०१८ मा सर्वाधिक गोलकर्ताको रुपमा इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले यस प्रतियोगितामा ६ गोल गरेका

फाइनलमा क्रोयसियालाई हराउँदै फ्रान्सले जित्यो उपाधि

काठमाडौं, ३१ असार  । विश्वकप २०१८ को फाइनल खेलमा क्रोयसियालाई ४–२ गोल अन्तरले हराउँदै पूर्व विश्व विजेता फ्रान्सले २० वर्षपछि पुनः विश्वकपको

 विश्वकप फुटबल फाइनल : केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दै

काठमाडौँ, ३१ असार । रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् ।  रुसको सेन्ट मस्कोस्थित