रोनाल्डोको ह्याट्रिकपछि स्पेन र पोर्चुगल बराबरीमा रोकिए

काठमाडौ, असार २ रसियामा भइरहेको विश्वकपको दोस्रो दिनको प्रतिस्पर्धामा शुक्रबार राती भएको खेलमा प्रभावशाली टिम स्पेन र पोर्चुगल ३ ३ को बराबरीमा रोकिएका छन् । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक  गरेपछि दुई मुलुक बराबरीमा रोकिएका हुन् । स्पेनका डिएगो कोष्टाले २ तथा नाचोले १ गोल गरेका थिए । 
खोल शुरु भएको तेस्रो मिनेटमा पेनाल्टीमार्फत गोल गरेको पोर्चुगलले शुरु देखिनै लिड गरेको थियो ।  खेलको २४ औं मिनेटमा डिएगो कोष्टाले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि  पहिलो हाफको अन्त्यतिर रोनाल्डोले पुनः गोल गरेर पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको स्पेनले दोस्रो हाफमा भने दुई गोल गर्न सफल भयो । खेलको अन्त्यसम्म स्पेनले लिड गरेपनि ८८ औ मिनेटमा फ्रिकिकमा रोनाल्डोले गोल हान्दै ह्याट्रिक गरेपछि खेल बराबरीमा रोकिएको थियो । 


 

एमबाप्पे उत्कृष्ट युवा खेलाडि, यस्ता छन् गोल्डेन बुट, ग्लोब र बलका विजेता

काठमाडौं, ३१ असार । विश्वकप २०१८ मा सर्वाधिक गोलकर्ताको रुपमा इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले यस प्रतियोगितामा ६ गोल गरेका

फाइनलमा क्रोयसियालाई हराउँदै फ्रान्सले जित्यो उपाधि

काठमाडौं, ३१ असार  । विश्वकप २०१८ को फाइनल खेलमा क्रोयसियालाई ४–२ गोल अन्तरले हराउँदै पूर्व विश्व विजेता फ्रान्सले २० वर्षपछि पुनः विश्वकपको

 विश्वकप फुटबल फाइनल : केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दै

काठमाडौँ, ३१ असार । रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् ।  रुसको सेन्ट मस्कोस्थित