श्रीमतीलाई जबरजस्ती करणी गरेको भन्दै तीन वर्ष जेल

आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान्लाई तीन वर्ष जेल सजाय भएकाे छ । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमान्लाई ३ बर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिलाउन आदेश दिएका हुन् ।

पीडक श्रीमान्ले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएपछि उनको जायजेथा भए त्यसैबाट र नभए सरकारबाट पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाउन अदालतले आदेश दिएको हो ।

फुङलिङ नगरपालिका घर भई फक्ताङलुङ गाउँपालिका बस्दै आएका पीडकको नाम खोल्दा पीडित समेतलाई असर गर्ने भएकाले दुबैको नाम गोप्य राखिएको छ ।

२०७१ साउन ३० गते प्रहरीमा दर्ता भएको जाहेरी भदौ ३० गते अदालत पुगेको श्रेष्तेदार गोपाल थापाले बताए । कान्तिपुर दैनिकबाट ।

अनशनरत डा. केसीको मस्तिष्कमा समस्या!

जुम्लामा पन्ध्र दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले औषधि प्रयोग गर्न नमान्दा उनलाई विभिन्न स्वास्थ्य समस्याले च्याप्दै लगेको उपचारमा संलग्न

कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?

विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच

परिवार नियोजनका साधन नै प्रयोग गर्दैनन् किशोरकिशोरी

परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना सरकारले ल्याए पनि किशोरकिशोरीमा यसको प्रयोग भने निकै कम पाईएको छ ।  जनचेतना कमी, गोपनीयता नहुने र

अब श्रीमती पिडित पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने

के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ?  यस्तो समस्या भएको भए