उद्घाटन खेलमा रसिया ५–० ले विजयी

 

सरल संवाददाता

काठमाडौं, ३१ जेठ । विश्वकप २०१८ को उद्घाटन खेलमा रसिया ५–० गोल अन्तरले विजयी भएको छ । बिहिबार मस्कोमा आयोजित खेलमा आयोजक रसियाले एसियाली राष्ट्र साउदी अरबलाई ठुलो गोल अन्तरले पराजित गर्दै अर्को चरणमा पुग्ने सम्भावना जिवित राखेको छ ।

कमजोर देखिएको साउदी अरब विरुद्ध रसियाको लागि युरी ग्याजिन्सीले खेलको १२ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै डेनिस चेरिसेभले अर्को गोल थपेपछि पहिलो हाफमा रसिया २ गोलले अगाडि रहन सफल भएको थियो ।

दोश्रो हाफमा आर्टेम ड्युवा, डेनिस चेरिसेभको दोश्रो गोल र अलेक्सान्डर गोलोभिनले गोल थपेपछि रसियाले ५ गोल अन्तरले उद्घाटन खेल जित्न सफल भएको हो ।

 

जर्मनी मेक्सिकोसँग १–० ले पराजित 

रुसमा जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा आइतबार मेक्सिकोले च्याम्पियन जर्मनीलाई १–० ले हराएको छ । मेक्सिकोका लागि हिर्विङ लोजानोले गोल गरेर

ब्राजील र स्विजरल्याण्ड १–१ को बराबरीमा रोकिए

विश्वकफ फुटबल अन्तर्गत आइतबा भएको खेलमा ग्रुप इ को दोस्रो खेलमा ब्राजील र स्विजरल्याण्ड १–१ गोल गर्दै खेल ड्र गरेका छन् । प्रतिस्पर्धामा शुरुमा

ललित स्मृति फुटबल : सरस्वती क्लब र लुम्बिनी विजयी

काठमाडौँ, ३ असार । यहाँ जारी तेस्रो ललित स्मृति अठार वर्षमुनि (यु–१८)को फुटबल प्रतियोगितामा सरस्वती युवा क्लब र लुम्बिनी फुटबल क्लब आ–आफ्नो खेलमा

 बलियो कोस्टारिकामाथि सर्बियाको शानदार जित, ग्रुप ‘इ’ रोमाञ्चक हुँदै

काठमाडौं, ३ असार । विश्वकप २०१८ अन्तर्गत आइतबार भएको पहिलो खेलमा युरोपियन राष्ट्र सर्बियाले मध्य अमेरिकी राष्ट्र कोस्टा रिकालाई १–० गोल अन्तरले