टुक्रे र खुद्रे कामको लागि सहयोग चाहिंदैनः शर्मा

 

काठमाडौं, ३१ जेठ । नेकपाका नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले नेपालका सांसदहरुलाई एक÷दुई वटा प्रशिक्षणको लागि विदेशीको सहयोग लिन जरुरी नरहेको स्पष्ट पारेका छन् ।

सांसदहरुलाई एउटा झोला भिराएर प्रभावित पार्ने काम नहोस् भन्ने शर्माको आग्रह छ । उनले भने, ‘उनीहरुले दिएको पैसा राष्ट्रिय महत्वका काममा सदुपयोग होस्, यो कुरा युएनडिपीको केन्द्रिय हेडक्वार्टरमा पुगोस् ।’

बिहिबार एक कार्यक्रममा बोल्दै नेता शर्माले साना–साना काममा सांसदलाई विदेश पठाउने र कार्यक्रममा बोलाउने काम भैरहेको भन्दै आपत्ति समेत जनाए । उनले भने, ‘व्यक्ति÷व्यक्तिसँग सम्पर्क बढाउने र प्रभावित पार्ने काम भएको छ, अब यी कामहरु बन्द होउन् ।’ सांसदलाई अब कसैलेपनि ‘डिक्ेटट’ गर्न नपर्ने शर्माको जिकिर छ । उनले भने, ‘हामी आपसमा छलफल गर्छौं, चाहिने ऐन तथा कानून निर्माण गर्छौं, तर हामीले अन्तर्राष्ट्रिय अनुभवहरु आदान–प्रदान गर्नुपर्छ।’

दातृ निकायको सहयोग प्रायोजित रुपमा नभईकन आफूहरुको हितमा उपयोग हुनुपर्ने उनको भनाई छ ।

शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल हुने दाबी गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमण विकास निर्माण र समृद्धिमा बढि केन्द्रित हुनुपर्छ, उहाँको भ्रमणले दुई देशबीचको सद्भाव बढाउने हो, नेपालको समृद्धिको लागि चीन र भारतबाट हामीले सहयोग लिन सक्नुपर्छ ।’ प्रधानमन्त्री ओलीको चीन भ्रमण राजनीतिकभन्दापनि सद्भावपूर्ण भ्रमण हुने उनको विश्वास छ ।  

चीनको ‘वान बेल्ट वान रोड’ को वेल्ट एण्ड रोड ईनिसियसन र व्यापार तथा पारवाहनबाट पनि नेपालले फाईदा लिनुपर्ने शर्माको तर्क छ । उनले भने,‘प्रधानमन्त्रीको यो भ्रमण पूर्ण रुपमा सफल हुन्छ भन्नेमा म विश्वस्त छु।’

नेता शर्माले संविधानको परिधिभित्रै रहेर फरक–फरक दलबाट सभामुख र उपसभामुख निर्वाचित भएकोले अहिले ती दुई पार्टीबीच एकता भैसकेको बताउँदै भने,‘उहाँहरु निर्वाचित भएसँगै स्वतन्त्र हुनुभएको छ, दलको सदस्यबाट राजिनामा समेत दिसक्नुभएको छ, त्यसैले उहाँले अब छोड्नुपर्छ भन्ने लाग्दैन, राजिनामा दिँदा पनि संवैधानिक प्रश्न उठ्छ, प्रतिपक्षी दलले आफूले उक्त पद पाउनुपर्छ भनेर राजिनामाको कुरा उठाउने र छलफलको विषय बनाउने काम गरेको छ, यसमा दुवै पक्ष बसेर निकास निकाल्नुपर्छ।’

सरकारको प्रस्तुतिबाट अहिलेनै निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाई थियो । उनले भने,‘अहिले सरकारको काम देखेर निराश भैहाल्नुपर्ने अवस्था छैन, आजको भोलि नै परिणाम आउँदैन, परिणामको लागि केही समय धैर्य गर्नुपर्छ।’

 

 विप्लवका बाह्र कार्यकर्ता प्रहरी नियन्त्रणमा

रत्ननगर, २९ साउन । चितवनका विभिन्न स्थानमा  बन्द गराउँदै हिँडेका आज प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।  शान्ति सुरक्षाका लागि रातिदेखि नै

विप्लवको बन्दमा आगजनी र बिष्फोटक पदार्थको आतंक

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मंगलबार आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको

स्थायीत्व र समृद्धि सरकारको मुख्य लक्ष्यः प्रधानमन्त्री 

काठमाडौँ, २९  साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक विकास, समृद्धि र स्थायीत्व वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।  नेपालको

विप्लवसँग संवाद गर्न तयार छौँः दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले संवादबाटै समस्या समाधान गर्न सकिने बताउँदै विप्लवसँग संवाद गर्न आफूहरु तयार रहेको बताएका छन् । शनिबार भरतपुर