हाइब्रिड धानमा समस्या


ललितपुर, ३१ जेठ । धेरै उत्पादन लिनका लागि लगाएको हाइब्रिड धानमा विभिन्न समस्या आउँदा किसान हैरान छन् ।

भारतबाट भित्रने हाइब्रिड धानको बीउ यहाँको हावापानी र माटो अनुकूल नहुँदा बर्षेनी फरक–फरक समस्या आउने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कृषि विज्ञान महाशाखाले जनाएको छ ।

एक वर्ष बोट राम्रो भएर उत्पादन दिएको जात किसानले अर्को वर्ष पनि एग्रोभेटबाट किन्ने गरेका छन् । एक वर्ष पर्याप्त उत्पादन दिने धानको जातले अर्को वर्ष नदिन सक्ने महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली बताउँछन् ।

“अरू मुलुकबाट आयातित धानको बीउ यहाँका लागि सुहाउँदो नहुन सक्छ,” उनले भने, “समस्या आउन नदिन किसानले राम्रोसँग बुझेर मात्रै धानको बीउ खरिद गर्नुपर्छ ।”

नार्क अन्तर्गतको धान अनुसन्धान कार्यक्रम, हर्दिनाथ र महाशाखाले धानका विभिन्न जातको अनुसन्धान गरेर पर्याप्त उत्पादन लिन सकिने बीउ सिफारिश गरिरेहको छ । हर्दिनाथले तराईका लागि एक÷दुई वटा हाइब्रिड जात सिफारिश गरेको छ ।

उन्नत बीउभन्दा हाइब्रिड चार÷पाँच गुणासम्म महँगो पर्छ । पराजुली भन्छन्, “पर्याप्त उत्पादन लिनका लागि महँगो तिर्ने तर उत्पादन कम हुँदा किसान हैरान हुन्छन् ।”

हाइब्रिड जात वर्षेनी फेरिरहनुपर्ने हुँदा किसानले बुझेर मात्रै किन्नुपर्ने उनको सुझाव छ । केही वर्षयता उन्नत र हाइब्रिडको प्रयोग बढ्दा स्थानीय जात लोप हुँदै गएका छन् । रासस

 

१६५ वर्ष पुरानो कानून नयाँ रुपमा भदौ १ बाट लागू हुँदै   

काठमाडौं । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आगामी भदौ १ गतेदेखि ‘मुलुकी

 दुर्घटनामा सोह्र घाइते

तनहुँ, ३० साउन  । बस र ट्रक आज एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै

सन्दिप लामिछानेको प्रदर्शनमा भारतीय पनि खुसी छन्ः राजदुत पुरी 

भारतीय राजदुत मञ्जिव पुरीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा विभिन्न आयामहरु रहेको भन्दै क्रिकेटले पनि दुई देशको सम्बन्ध मजबुद बनाएको बताएका छन्

तीन वर्षमा चार हजार किलो सुन तस्करी 

काठमाडौ, साउन ३० । नेपालमा पछिल्लो तीन वर्षमा झण्डै चार हजार किलो सुन तस्करी भएको गृहमन्त्री रामबहादुर थापाले दाबी गरेका छन् । गृहमन्त्री थापाले