कोलकातामा नेपाली ‘उपियाँ’  

काठमाडौँ, ३१ जेठ । भारतको पश्चिम बंगाल राज्यको कोलकातामा ‘अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’मा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठद्वारा लिखित तथा निर्देशित नाटक ‘उपियाँ’ निवन्ध मञ्चन हुने भएको छ । 

उक्त नाटक आगामी असार चार गते कोलकातास्थित ‘पश्चिम बंगाल एकेडेमी अफ फाइन आर्ट’को हलमा मञ्चन हुनेछ । 

कोलकातामा प्रेरणा विद्याश्रमका विद्यार्थीहरुले अभिनय गर्ने थिएटर मलकी प्रबन्ध निर्देशक इलिना नकर्मीले जानकारी दिए। सो महोत्ुवमा भाग लिन २० जनाको नाट्य टोली आज भारततर्फ प्रस्थान गर्दैछ । नेपालबाट गार्डेन थिएटरको ‘मिस्टर फक्स एण्ड स्कुल बोय’ को टोलीले समेत महोत्सवमा भाग लिनेछ । 

कोलकाताको नाट्य संस्था ‘एसो नाटक सिखी’ले आयोजना गर्ने उक्त नाट्य महोत्सव आगामी असार तीनदेखि सात गतेसम्म सञ्चालन हुनेछ । नेपाल, भारत, दक्षिण अफ्रिका, मेक्सिको, श्रीलंकालगायत आठ देशका १६ वटा नाटक सो महोत्सवमा मञ्चन गरिनेछन् । 

कोलकातामा ‘उपियाँ’ निवन्ध ४०औँ पटक मञ्चन गरिन लागेको हो । प्रेरणा विद्याश्रमले २०६८ सालमा रुसी साँस्कृतिक केन्द्रमा आयोजना गरिएको बाल नाटक महोत्सवमा उपियाँको पहिलो पटक मञ्चन गरेको थियो । स्कुले परिवेशको कथालाई हाँस्यव्यंग्य शैलीमा उपियाँमा प्रस्तुत गरिएको छ । रासस

प्रेमा शाहको सेक्स चिन्तन

म सूर्यसँग सम्भोग गर्छु आऊ मलाई सम्भोग गर !     प्रेमा शाहको दर्शनमा ‘सेक्स अवैध होइन, तर यौन स्वतन्त्रताको तात्पर्य समाजमा जथाभाबी नग्नताको

दीपाको शब्दखेती

जीवन, वादल बर्षा र घाममा तिमीलेझैं जिउने कला सिक्न पाए कर्मको भीर पहरामा हाँसी हाँसी फुल्न पाए इन्द्रेणी पनि जीवनको छेवैमा खस्थ्यो होला जसलाई

नीराजनलाई राजा बनाउने सोचमा थिए वीरेन्द्र !

  विक्रम सम्वत् ०५७ को मङ्सिर – नारायणहिटी राजदरबारमा दिवाभोज चल्दै थियो । श्री ५ महाराजाधिराज वीरेन्द्र, बडामहारानी ऐश्वर्य र परिवारका सिनियर

 सिर्जनशील सिर्जु

एक दशकअघि काठमाण्डौं आउँदा उनको सीमित सपना थियो ‘पपुलर सिंगर’ बन्ने ।  समय यसरी बदलियो कि उनीसँग यतिबेला धेरै विकल्प एकैचोटी आएका छन् । गायिकाको