आजदेखि विश्वकप सुरु, उद्घाटन खेलमा रसिया र साउदी अरेबिया भिड्ने


काठमाडौं, ३१ जेठ । ४ वर्षको प्रतिक्षापछि फुटबलको महाकुम्भ विश्वकप २०१८ रसियाको राजधानी मस्कोमा आयोजना हुँदैछ । नेपाली समय अनुसार बिहिबार बेलुका ८ः१५ मा विश्वकपको उद्घाटन समारोह भइ ८ः४५ मा रसिया र साउदी अरबको खेल हुने कार्यक्रम छ ।

यस्तो हुँदैछ उद्घाटन

सामान्यतया विश्वकप उद्घाटन समारोहमा आयोजक राष्ट्रले विश्वसामु आफ्नो देशको संस्कार तथा भेषभुषाको प्रदर्शन गर्ने गरेका छन् ।

विश्वमै कहलिएका व्यक्तिलाई बोलाउने तथा परम्परागत नृत्य देखाउने कार्यक्रम पनि विश्वकप उद्घाटनको आकर्षण हो ।

बेलायतका पपस्टार रोबी विलियम र रसियाकी स्टार आइदा गारिफुल्लीनाले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने तय भइसकेको छ ।

बेलायत र रसियाको सम्बन्ध राम्रो नभएपनि विश्वकपको उद्घाटनमा प्रस्तुती दिन पाएकोमा दंग पर्दै विलियम भन्छन्, ‘रसियामा यस्तो अनौठो प्रस्तुती दिन पाउँदा म एकदम खुशी छु । मैले आफ्नो करियरमा धेरै काम गरेको छु तर ८० हजार फुटबल फ्यानको बिचमा र करोडौं टिभि दर्शक सामु प्रदर्शन गर्नु मेरो युवाअवस्था देखिको सपना हो । ’

मस्कोको लुझ्निकी स्टेडियममा ८० हजार दर्शकको विचमा आयोजना हुने उद्घाटन समारोहमा रसिया विश्वको ध्यान केन्द्रित गर्न सफल हुँदैछ । रसियाको सबैभन्दा ठुलो स्टेडियम भएकोले यहिं नै विश्वकपको फाइनल खेल पनि हुने कार्यक्रम छ ।

त्यस्तैगरी ब्राजीललाई सन् २००२ मा विश्वकपको उपाधि दिलाएका रोनाल्डो पनि यो विश्वकपको उद्घाटनमा उपस्थीत हुने बताइएको छ ।
यि बाहेक स्टारद्वय प्लासिदो डोमिनगेज र जुवान डियगो फ्लोर्सले पनि विश्वकप उद्घाटनलाई आकर्षक बनाउन सांगितीक कार्यक्रम प्रस्तुत  गर्नेछन् ।

पहिलो खेल रसिया भर्सेस साउदी अरेबिया

यो संस्करणको विश्वकपको उद्घाटन खेलमा ग्रुप ए मा रहेका आयोजक रसिया र साउदी अरेबियाले भिड्ने तालिका छ । नेपाली समय अनुसार बेलुका ८ः४५ मा हुने यो खेलमा आयोजकको हैसियतले विश्वकप खेल्न पाएको रसियाले जित्ने अनुमान एकिलिस बिरालोले गरेको छ ।

रसियाको १९९० पछि विश्कपमा यो चौथो सहभागिता हो भने साउदी अरब १९९४ मा नकआउट स्टेज सम्म पुग्न सफल भएको थियो ।

विश्व फुटबलमा रसियाली खेलाडिको नाम त्यति चर्चित नभएपनि यो संस्करणमा रसियाले अलेक्सान्दर गोलोभिन जस्तो युवा खेलाडिको भर पर्नुपर्नेछ । २२ वर्षिय आक्रामक यि खेलाडिले सोचे अनुरुप प्रदर्शन गरेमा रसियाको लागि अर्को चरणमा पुग्ने सम्भावना जिवित रहन्छ ।

अलेक्सान्दर कोकोरिन घाइते भइ विश्वकप खेल्न नसक्नाले पनि यि युवा खेलाडिको भरमा रसियाले आज खेल्नेछ ।

अनुभवि मिडफिल्डर तथा चेल्सी क्लबका पूर्व खेलाडि यूरी झिर्कोभको अनुभव पनि रसियाको लागि महत्वपूर्ण छ ।

त्यस्तैगरी साउदी अरेबिया पनि नवाफ अल–अबेद, फहाद अल–मुवाल्लाद र याहया अल–शेहरी मा भर परेको छ । नवाफ अल–अबेदले विश्वकप छनौट खेलमा ५ गोल गरेका थिए भने फहाद अल–मुवाल्लादले गरेको गोलले साउदीले विश्वकप खेल्ने पक्का गरेको थियो ।

त्यस्तैगरी याहया अल–शेहरी २७ वर्षका मात्र भएपनि साउदी टोलीको लागि २००९ देखि निरन्तर खेलिरहेकाले पनि उनको अनुभव रसियालाई हराउन अति आवश्यक छ । यो समुहमा इजिप्ट र उरुग्वे पनि रहेकोले पहिलो खेलमा हार्ने टोलीको अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त नै हुनेछ ।

तथ्यांकमा हेर्दा रसियाले हालसम्म विश्वकपमा दोेश्रो चरण पुग्न सकेको छैन भने साउदी अरब एक पटक नकआउट चरणसम्म पुगेको छ ।

तथापी रसियाको आक्रमक शैली र घरेलु समर्थकको साथका बिच रसिया यो खेलमा भारी हुने पक्का भएपनि साउदी अरबले धैर्यता धारण गर्न सके रसियालाई हराउनु असम्भव भने होइन ।

साउदीलाई खेलको मात्र नभइ आफ्नो संस्कारको पनि चटारो परेको छ । मुस्लीम राष्ट्र साउदी अरबी अहिले रमदान पर्वको बिचमा विश्वकपमा सहभागि हुँदैछन् । सूर्यको प्रकाश छउन्जेल अन्न ग्रहण गर्न नहुने परम्पराका कारण साउदीका खेलाडिलाई शारिरीक समस्या हुनसक्छ । साउदीको टोली हाल सेन्ट पिटर्सबुर्गमा छन् र यहाँ यो सिजनमा दिनको १८ घण्टा सम्म घाम लाग्ने गरेको छ । यस्तोमा खेलाडिलाई समस्या पर्नु स्वभाविक हो ।

यि सबै तथ्य भएतापनि विश्वकप सम्म पुग्न साउदी अरबले गरेको प्रयास तथा मेहनतलाई हेर्ने हो भने रसियालाई सजिलै यो खेल जित्ने अवसर भने पक्कै आउँदैन । विश्व वरियतामा दुबै टोली तल्लो क्रममा रहेकोले यो खेल प्रतिस्पर्धात्मक हुने पक्का छ । (एजेन्सीको सहयोगमा)

 

एसियाडः शनिबारदेखि सुरु हुने एसियाडको तयारी पूरा

 जकार्ता ।  आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा करिब ११,५०० एथ्लेटिक्स खेलाडी सहभागी हुनेछन् । यो संख्या गृष्मकालीन

सन्दीपले २ विकेट लिएपनि सेन्ट किट्स पराजित

काठमाडौं, ३१ साउन । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली स्टार सन्दीप लामिछानेले सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सको तेश्रो खेलमा २ विकेट

विश्वकप रंगशालामा नेपालीको मृत्यु

काठमाडौँ  ।  सन् २०२२ को लागि कतारमा हुन गइरहेको विश्वकप रंगशालाको लागि निर्माणधीन अल वक्रा रंगशालामा मोरङका २३ वर्षीय तेजनारायण थारुको मंगलबार

 सिपिएलमा सन्दीपको तेश्रो खेल भोलि बिहान ४ः४५ बजे

काठमाडौं, ३० साउन । नेपाली स्टार सन्दीप लामिछानेको क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत तेश्रो खेल नेपाली समयअनुसार भोलि बिहान ४ः४५ मा हुने