चिनिया रेलले केरुङ काठमाडौंं मात्र जोड्ने

चीनले यसअघि बनाउने भनिएको केरुङ–काठमाडौंं–पोखरा–लुम्बिनी रेलमार्गलाई छोटो बनाइएको छ। अब सरकारले केरुङबाट काठमाडौंं मात्र रेल मार्ग बनाउने प्रस्ताव गर्ने भएको छ। प्रधानमन्त्री केपी ओलीको असार ५ गतेदेखि हुने चीन भ्रमणमा यस्तो प्रस्ताव गर्न लागिएको हो।

भौतिक मन्त्रालयले केरुङ–काठमाडौं करिब एक सय किमि रेलमार्गलाई मात्र प्राथमिकतामा राखेको छ। काठमाडौं–पोखरा–लुम्बिनी अर्थात् आबुखैरैनीबाट एउटा लाइन पोखरा र अर्को लाइन लुम्बिनीका लागि प्रस्ताव गरिएको योजना छलफलमै आउने छैन। रसुवागढी हुँदैे केरुङ–काठमाडौं रेलमार्ग पहिलो प्राथमिकता रहेको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले बताए।

उनले भने, ‘केरुङ काठमाडौंलाई प्राथमिकीकरण गरेर पठाइएको छ। यो पटक काठमाडौंसम्म मात्रै चिनियाँ रेलले जोड्ने गरी निर्माण प्रस्ताव गरिएको छ।’ प्रधानमन्त्री ओलीले यसअघि भारत भ्रमणमा खण्डगत रूपमा निर्माण थालिएको नौ सय ४५ किमिको पूर्वपश्चिम रेलमार्गलाई छोडेर जम्मा एक सय ३० किमिको रक्सौल–वीरगन्ज–काठमाडौं रेलमार्ग निर्माणको सहमति गरेका थिए। अन्नपूर्ण पोस्टबाट ।

कर्ण शाक्यको होटलबाट निस्कने पानी छुनै नहुने

पर्यटन व्यवसायी कर्ण शाक्यले फेवाताल किनारमा निर्माण गरेको होटल वाटर फ्रन्टबाट निस्कने पानी दुषित पाइएको छ। सर्वोच्च अदालतको आदेशमा सरकारले

कुखुरा र अन्डामा पनि कर

कैलालीको धनगढी उपमहानगरपालिकाले कुखुरा र अन्डामा पनि कर लगाएको छ । चालू आर्थिक वर्षदेखि प्रतिगोटा कुखुरामा २० रुपैयाँ र अन्डामा १ रुपैयाँ कर

अब खोला तर्दा पनि कर तिर्नुपर्ने

स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका

गरिबको ढाड भाँच्दै कर

जाजरकोट : जिताएर पठाएका जनप्रतिनिधिबाट जनताले सुविधा चाहेका थिए । सेवा दैलामै आउला भन्ने आशा गरेका थिए । तर, पचास गुनासम्म कर बढाएपछि भेरी नगरका