सांसदलाई तालिम दिन युएनडिपीको ६४ करोड

संसद्मा दाताको प्रभाव निरुत्साहित गर्नुपर्ने आवाज उठिरहेका वेला संसद् सचिवालयले सांसदहरूको सशक्तीकरणका लागि भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)बाट झन्डै ६४ करोड रुपैयाँ सहयोग लिने सम्झौता गरेको छ ।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र युएनडिपीका प्रतिनिधि रेनउड मेएरबीच ५९ लाख १५ हजार २ सय ५७ अमेरिकी डलर (६३ करोड ८८ लाख ४७ हजार नेपाली रुपैयाँ) सहयोगको सम्झौता भएको हो । १० वैशाखमा भएको उक्त सम्झौताबारे अधिकांश सांसद मात्रै होइन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमेत अनविज्ञ छन् । ‘हामी (सभामुख र अध्यक्ष) आइसकेपछि युएनडिपीसँग सम्झौता भएको छैन । तपाईंले भनेर थाहा भयो । म भोलि बुझ्नेछु,’ उनले नयाँ पत्रिकासँग भने । नयाँ पत्रिकाबाट ।

विद्यालयबाट मोटो रकम असुल्न शैक्षिक हड्ताल

केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले काठमाडौं पश्चिम भेगमा नाम चलेको एक निजी

५९ सांसदको भाग्य गोलाप्रथाबाट परीक्षण हुँदै

सुन्दा अचम्म लाग्न सक्छ गोलाप्रथाबाट नै संसदको पद जान्छ भन्दा तर सत्य हो राष्ट्रिय सभाका ५९ सांसदको कार्याकालको विषयमा आज सोमबार गोलाप्रथाबाट

३९ घण्टा सुरुङभित्र थुनिँदा...

‘एक्कासि गड्याङगुडुङ गर्दै पहाड नै सुरुङको मुखतिर झर्‍यो । हामी अँध्यारो सुरुङमा फसिसकेका थियौं । चारैतिर अँध्यारो थियो, एकअर्कालाई छाम्यौं,

मेलम्चीको पानी अझै अनिश्चित

‘मेलम्चीको पानी कहिले आउला ?’ दशकौं देखिको जिज्ञास हो यो । सरकार बेलाबेलामा यसको मिति सार्वजनिक गर्छ । तर, पटकपटकको मिति गुर्जादा पनि मेलम्चीको