मन्त्रीलाई प्रश्न सोध्दा टेलिभिजन कार्यक्रम नै बन्द

सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सम्पत्ति विवरणमाथि प्रश्न सोधेका कारण नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुँदै आएको एक कार्यक्रम बन्द भएको छ । 

कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाएका छन् । 

नेपाल टेलिभिजनमा शनिवार राति ८ः ४५ बजे प्रसार हुने सिधा प्रश्न नाम कार्यक्रममा दुई साताअघि मन्त्री बाँस्कोटालाई कार्यक्रम सञ्चालक राजु थापाले कम्युनिष्ट मन्त्रीहरुको दाईजोमा धेरै सम्पत्ति देखियो भन्ने आलोचना छ नि ? भन्ने प्रश्न गरेका थिए । कान्तिपुर दैनिकबाट ।

कर्ण शाक्यको होटलबाट निस्कने पानी छुनै नहुने

पर्यटन व्यवसायी कर्ण शाक्यले फेवाताल किनारमा निर्माण गरेको होटल वाटर फ्रन्टबाट निस्कने पानी दुषित पाइएको छ। सर्वोच्च अदालतको आदेशमा सरकारले

कुखुरा र अन्डामा पनि कर

कैलालीको धनगढी उपमहानगरपालिकाले कुखुरा र अन्डामा पनि कर लगाएको छ । चालू आर्थिक वर्षदेखि प्रतिगोटा कुखुरामा २० रुपैयाँ र अन्डामा १ रुपैयाँ कर

अब खोला तर्दा पनि कर तिर्नुपर्ने

स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका

गरिबको ढाड भाँच्दै कर

जाजरकोट : जिताएर पठाएका जनप्रतिनिधिबाट जनताले सुविधा चाहेका थिए । सेवा दैलामै आउला भन्ने आशा गरेका थिए । तर, पचास गुनासम्म कर बढाएपछि भेरी नगरका